बैशाख २०७६ ।
गैरआवाशिय नेपाली संघ , दक्षिण कोरियाको संयोजकत्वमा कोरियामा रहेका विभिन्न संघसंस्था , नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको सहयोगमा सुरु गरिएको “एक व्यक्ती एक किट्स” अभियानलाई दारी ग्याङ कोरियाले १ लाख नेपाली रुपैया (१० लाख कोरियन वन) सहयोग स्वरुप प्रदान गरेको छ।
दारी ग्याङ नेपालमा आइपर्ने साना ठूला संकटमा समाजको मलम बन्ने कोसिस सदैव गरिरहेको र हाल विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसका कारण आफ्नो जन्मभुमी नेपाल पनि प्रभावित भएकाले उक्त प्रभावलाइ केही हदसम्म न्युनिकरण गर्ने हेतुले सहयोग संकलन गरि प्रदान गरिएको दारी ग्याङ कोरियाका संयोजक अनुरोध न्यौपानेले जानकारी दिए। उक्त अभियानबाट संकलित १४ करोड २६ लाख वन (अर्थात १ करोड ४० लाख नेपाली रुपैयाँ) मध्य पहिलो चरणमा करिब ६० लाख नेपाली रुपैया बराबरको ४००० कोरोना परिक्षण किट्स, ४००० RNA परिक्षण किट्स र ५०० थान पिपिइ सेट चैत अन्तिम साता नेपाल आइसकेको र एन आर एन ए , दक्षिण कोरियाका प्रतिनिधि मार्फत उक्त सामाग्रीहरु स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
दोस्रो र अन्तिम चरणमा नेपाल सरकारले चिनको ग्वान्जाउबाट चार्टर विमान मार्फत लैजाने मेडिकल उपकरणका साथमा अभियानको रकमबाट खरिद गरिने २००० गाउन पिपिइ सेट, १०००० एन 95 मास्क , २०००० सर्जिकल मास्क, २००० गगल्स, २००० प्रोटेक्टिङ भाइजर, १०००० ग्लोभ्स र ५०० सेट इन्फ्रारेड थर्ममिटर नेपाल आउनेछ। साथै, हेटौंडामा कोरोना लकडाउनका कारण प्रभावितलाई राहत वितरण गर्न दारी ग्याङ कोरियाका सदस्यहरु केशव लुइँटेल , रोशन सापकोटा र देउता पौडेलले संयुक्त रुपमा रु १५००० र चितवनमा कोरोना टेस्टिङ बुथ निर्माणका लागि अनुरोध न्यौपाने र ईश्वर भुसालले रु १०००० आर्थिक सहयोग गरेका छन। परदेशमा रहेर पनि मातृभुमिको सेवामा एक्यवद्धता जनाउनुहुने सम्पुर्ण सहयोगी हातहरुलाइ दारी ग्याङ कोरियाले धन्यवाद व्यक्त गरेको छ।
“रक्तदान मैत्री समाज आजको आवश्यकता”
स्कुले साथी सुमन । बोनम्यारोको समस्याले गर्दा; उसलाई संधैजसो सन्चो हुदैनथ्यो । पटकपटक रगत चढाई राख्नु पर्थ्यो। त्यही क्रममा २०७३ जेठ २६ गते बुधबार साझपख उसले मलाइ फोन गरेर भन्यो ‘मलाइ रगत चढाउनु पर्नेछ, रक्तसञ्चार केन्द्र आएको छु, ‘इक्सचेन्ज’ गर्ने एक जना चाहिएको छ आउनु ।’ लगत्तै म अटो चढेर धनगढीको स्वास्थ्य तथा जनसंख्या कार्यालयसंगै जोडिएको
“एक व्यक्ती एक किट्स” अभियानलाई एक लाख रुपैयाँ प्रदान
गैरआवाशिय नेपाली संघ , दक्षिण कोरियाको संयोजकत्वमा कोरियामा रहेका विभिन्न संघसंस्था , नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुको सहयोगमा सुरु गरिएको "एक व्यक्ती एक किट्स" अभियानलाई दारी ग्याङ कोरियाले १ लाख नेपाली रुपैया (१० लाख कोरियन वन) सहयोग स्वरुप प्रदान गरेको छ।
लकडाउनमा रगत व्यवस्थापन सहज गर्दै दारी ग्याङ धनगढी
सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको दारी ग्याङ धनगढी यतिबेला रगत व्यबस्थापनमा सहजता प्रदान गरिरहेको छ। विश्वभर महामारिका रूपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन गरिरहेको बेला धनगढीमा रगतको अभाव देखिन थालेपछि दारी ग्याङ धनगढीले आकस्मिक रक्तदाताको व्यवस्थापन गरिरहेको हो ।