लकडाउन डायरी: तलाउ जस्तो जिन्दगी कहिले बग्ला!
लकडाउन डायरी: तलाउ जस्तो जिन्दगी कहिले बग्ला!
— ईश्वर पहारी, १२ बैशाख २०७७।
विश्वका २ सयभन्दा बढी देश आज कोरोना भाईरसको त्राससँगै लकडाउनमा छन् । करोडौं संख्यामा मान्छे आफ्नो घरभित्रै बस्नु परेको छ अनि यो बाध्यता पनि हो। लकडाउन बाहेक अरु कुनै विकल्प नै छैन यो रोगसँग लड्नका लागि । बस छ त केबल घरभित्रै सुरक्षित बस्ने उपाय । आँखाले देख्न नसकिने यो जीवाणुसँग संसार थर्कमान भएको छ । मुसासरी मानव प्राणी दुला दुलामा लुक्न विवश छ । व्यापार, व्यवसाय, कलकारखाना, स्कुल, कलेज, बैंक सबै बन्द छन् । यससँगै विद्यार्थी, मजदुर र अन्य मानिसको दैनिकी सबै बिग्रिएको छ।
वसन्त ऋतु । चारैतिर हरियालीको सम्मोहन । खुलेको नीलो आकाश । आकाशको सौन्दर्य निर्खान आएका सेता बादलका बुट्टाहरु । गमलामा फुलिरहेका रङ्गीचङ्गी फूलको मीठो मादकता । शिशिरको कठ्याङ्ग्रिदो कहरलाई छिचोलेको न्यानो घाम । घामको स्पर्श पाएर रमाइरहेको धर्ती । आहा, कति रमणीय छ यो मौसम ।
हरेक दिन बिहान ६ बजे मोबाइलमा बझ्ने अलार्मको घण्टीसँगै मेरो दैनिकी सुरु हुन्छ। बन्द कोठा रङिन भिताहरु अनि भित्तामा कोरिएका सुन्दर चित्रहरुले मलाई नै हेरे जस्तो लाग्छ। त्यो भित्ताको रङ अनि माथि टाँगिएका सुन्दर फोटो फ्रेम, कति राम्रा। हेर्छु अनि एकछिन तिनै तस्बिरहरुसँग कुरा गर्छु। भनिन्छ नि, बिहानको समयले दिन दर्साउछ, हो हामिले दिन कसरी काट्छौ भन्ने कुरा हाम्रो बिहानीले नै देखाउँछ। त्यसैले सधैझै उठेर नुहाईधुवाई सकेपछि सूर्यको किरणसँगै रमाउदै सिसाको कपमा चियाको चुस्की लिदै दिनमा के गर्ने भन्ने कुराको परियोजना बनाउदैमा बित्छ १, २ घन्टा।
Photo by Aashish Puri
चियाको स्वाद लिदै मनमा अनेकै सपना बुन्दै फूलहरुमा पानी राख्ने गर्छु। सोच्छु हरेक सजीवलाई आखिर बाँच्नका लागि खानेकुरा आवश्यक पर्ने रहेछ। विडम्बना प्रकृतिको यो मनोहर छटालाई चोरेको छ कोभिड-१९ नामक भाइरसले । चीनको वुहान प्रान्तबाट फैलिएको यो जीवाणुले देश, महादेशको सीमा नाघिसकेको छ । सागर महासागरका छालमाथि बुर्कुसी मारेर सारा मानव समुदायलाई निरीह सावित गराएको छ । शक्तिशालीहरुलाई घुँडा टेकाएको छ । संसारलाई नै टक्क रोकिदिएको छ । विश्वका ७ अरब मानिस घरभित्रै थुनिएका छन् ।
Share This Article, Choose Your Platform!
केही समयपछि मेरो खाना खाने समय हुन्छ, अनि परिवारसँग बसेर मिठो गफमा रमाउदै खाना खान्छु। गफमा ब्यस्त हुँदा त खानाको स्वाद नै पत्तो नहुँदो रहेछ। खाना सकेपछि एकछिन मोबाईलमा फेसबुक, युट्युब हेर्ने गर्छु । फेसबुकमा मानिसले राखेका कुराहरु नियाल्छु; अनि सोच्छु साँच्ची नै मानिसहरुको दैनिक जीवन परिवर्तन भएको रहेछ । कोहिले मिठा खानेकुरा बनाएको तस्बिर देख्छु । कोहिका आफ्नो परिवारसँग बसेर कैद गरिएका तस्बिरहरु देख्छु। मानिसहरु एक किसिमले खुसी नै छन् तर पनि भित्री मनमा पीडा त अवश्य नै छ। तर पीडालाई बिर्सिदै बाँच्न त परि नै हाल्यो ।
यतिकैमा १, २ घन्टा बित्छ अनि बन्द कोठामा बसेर कापी र कलमसँगै एकछिन समय बिताउछु । उसो त म केही नयाँ लेख, साहित्यमा रमाउने मान्छे अनि अहिले त झन समय पाएको छु तेसैले दैनिक केही नयाँ कुरा लेख्ने प्रयास गर्छु। चित्रमा पनि मेरो रुचि भएको हुनाले कपीदेखि भित्तासम्म पनि केही चित्र कोर्छु कहिलेकाँही। यसो गर्नाले समय गएको पत्तै हुँदैन, आखिर समय बिताउनु न छ। यतिकैमा दिउँसो खाजा खाने समय हुन्छ। सबै जना बसेर दिउसोको चिया खाजा खान्छौ। खाजा सकेपछि म आफ्नै संसारमा फर्किन्छु।
साँझको समयमा चराहरुको चिरबिर आवाजसँगै डुब्न लागेको घामसँगै रमाउन खोज्छु। सिसाको कपमा चिया लिदै घरमाथि छतमा जान्छु अनि ती चरा आफ्नो घरतिर लागेको दृश्य देख्छु अनि सोच्ने गर्छु । आखिर हरेक प्राणीलाई आफ्नो ज्यानको माया त लाग्ने नै रहेछ । हरेक चिजको आफ्नो एउटा समय हुदो रैछ, बिहान मन्द मुस्कानका साथ उदायको सूर्य पनि दिनको अन्त्य सङै डाँडामा गएर ओझेल पर्छ । आखिर के नै रैछ र जीवन ? हामी मानव पनि त येस्तै हौ एकदिन आफ्नो धनसम्पती, जग्गा जमिन सम्पूर्ण छोडेर जान नै छ । आखिर साथमा सँगै लियर को मर्छन र ? यस्ता कुरा सोच्दासोच्दै चिया खान नै बिर्सिने रैछु। चियाको स्वाद लिनतिर लाग्छु अनि भगवानलाई धन्यवाद दिन मन लाग्छ आजको दिन जसोतसो कटाईदिनुभयो भनेर।
घडीमा ५ बजेको हुन्छ, अनि व्यायामतिर लाग्छु। हातमुख धुन्छु अनि परिवारसँग गफगाफमा व्यस्त हुन्छु । यतिकैमा खाना बनाउने समय हुन्छ अनि मन लाग्यो भने कहिलेकाही खाना बनाउनतिर पनि लाग्छु। मन लागेन भने कोठामा आएर बङ्ग्र्याङ खाटमा मुढो लडाइँ लडेर मोबाईलतिर हेर्छु। समाचार यसो नियाल्छु, कति जना सन्चो भए कोरोनाबाट भन्ने कुराको समाचार हेर्न खोज्छु। यो गर्दा दिमाखमा सकारात्मक सोच आउने गर्छ। जब हामी कति मरे भन्ने कुराको खोजी गर्न लाग्छौ नि तब हाम्रो दिमाखमा एउटा नकारात्मक छाप बस्ने गर्छ तेसैले कति जना सन्चो भए भन्ने तिरको खोजतिर लाग्छु।
आज लकडाउन भएको १ महिना पुग्यो । किताब लेखपढ गर्ने, चित्रकला, रङरोगन, नयाँ लेख लेख्ने, समाचार हेर्ने सुन्ने मेरो जस्तै बानी भएकालाई खासै यो समय कष्टकर भएको छैन होला भन्ने मेरो अनुभव छ। हरेक दिन मानिस र गाडीको कोलाहलको संगीत बज्ने मेरो टोल अहिले शून्यप्रायः जस्तै छ । भाइरसको महामारी सकिएर प्रकृतिको शाश्वत सुन्दरताको आनन्द लिने दिन कहिले आउला ? चराको चिरबिर नियाल्न र फूलको सौन्दर्यमा लुटपुटिन कहिले पाइएला ? निर्धक्क सडकमा हिँडेर आफ्नो दैनिकीमा रमाउने दिन कति पर होला ? साथीसँग हातमा हात मिलाएर हिँड्ने दिन कहिले आउँला ? साथीहरुको जमघटमा रमाउने दिन कहिले आउँला ? जमिरहेको तलाउजस्तो दैनिकी कहिले नदी जसरी बग्ला ? मेरो मानसपटल यी नै कुराको खोजमा रङमङरिहेको छ ।
यत्तिकैमा बेलुकाको खाना खाने समय हुन्छ । खाना खाइसकेपछि एकछिन टिभीमा समाचार तिर लाग्छु अनि त्यत्तिकैमा निन्द्रा लाग्न थाल्छ अनि सुत्ने समय हुन्छ ।
Share This Article, Choose Your Platform!
More Articles
बसन्तको दारी साहित्य
मेरो नाम बसन्त अधिकारी । उमेर ४२ बर्ष । स्थायी बसोबास, बिराटनगर ।आनन्द हरेक मानिसको सबैभन्दा ठूलो खोजी हो । यो आनन्दका लागि कोही संगीतमा जीवन खोज्छन्, कोही गायनमा, कोही कलामा र कोही साहित्यमा ।म भने दाह्रीमा आफ्नो आनन्द खोज्ने गर्दछु । म १६ वर्षको हुँदादेखि मेरा दाह्री जुँगा पलाउन थालेका हुन् तर २० वर्षको उमेरदेखि मैले यस भित्रको कला देख्न थालेको हुँ ।
विवाह र दारी मनाेभावना
दारी पाल्ने रहर यस्ताे भयाे कि दारी नआएको गालामा ब्लेड पनि लगाईयाे । उमेरसङै बिस्तारै गाला भरी झपक्कै दारी पलाए । किन किन जस्ले जे भनेपनि दारी काट्न मनै गर्दैनथ्याे । कति भनाई सहे कति... घरमा त बेला बेलामा भन्थे नै, आफन्तले भेट्नै नहुने.. किन पाल्या याे दारी? कति लामाे दारी याे हाे ? किन पाल्या बाबु ?
लकडाउन डायरी: तलाउ जस्तो जिन्दगी कहिले बग्ला!
विश्वका २ सयभन्दा बढी देश आज कोरोना भाईरसको त्राससँगै लकडाउनमा छन् । करोडौं संख्यामा मान्छे आफ्नो घरभित्रै बस्नु परेको छ अनि यो बाध्यता पनि हो। लकडाउन बाहेक अरु कुनै विकल्प नै छैन यो रोगसँग लड्नका लागि । बस छ त केबल घरभित्रै सुरक्षित बस्ने उपाय। आँखाले देख्न नसकिने यो जीवाणुसँग संसार थर्कमान भएको छ । मुसासरी मानव प्राणी दुला दुलामा लुक्न विवश छ।
“आमा प्रति समर्पित” – To All The Mothers
आमाको व्याख्या गर्न लाखौं शब्द कोरे पनि आमा शब्द आफैंमा सम्पन्न छ अर्थात परिपूर्ण छ।आमाको गरिमा जिवन्त छ। आमाको सम्मानका लागि जति शब्द कोरिए पनि आमा शब्दका अगाडी ति सवै शब्द फिक्का हुन्छन्। भन्ने जान्दा जान्दै पनि केही शब्द कोर्ने दुस्साहस गर्दै छु।हरेक बर्ष वैशाख कृष्णपक्षको औँसी तिथिलाइ हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिनका रूपमा मनाउने गरिन्छ।
आमा भन्नुहुन्छ : “कहिल्यै हार नखानु” | Mother says: “Never give up.”
२०२६ साल भाद्र २६ गते जन्मिएर आज ३ सन्तानकी आमा हुन सफल मेरी प्यारी आमालाई सर्बप्रथम त हार्दिक बधाई । संस्कृतमा माता शब्द अत्यन्त निकै सम्मानका साथ प्रयोग गरिन्छ । कतै लडियो वा ठक्कर लाग्यो भने हाम्रो मुखबाट सर्बप्रथम ऐया आमा भन्ने वाक्यांश निस्किहाल्छ । कुनै अप्ठ्यारो परिस्थिति आईलाग्यो भने पनि हाम्रो मुखबाट आमा शब्द नै निस्किहाल्छ ।
कविता : “मेरा दारी”
हिउँद बर्षा नभनी रात बिहान नगनी पन्ध्र वर्षकै उमेरदेखि अनुहारमै टाँसिएका सुख अनि दु:खमा संगी बनी गाँसिएका मेरा जीउका पौष्टिक पदार्थ खाएर अलि अलि भएको बोसो आफैंतिर लाएर सुन्दरता वा कुरुपता जे जस्तो गराएका भए पनि तीन सय साठी घण्टा मेरो सुख दु:खका साथी र साक्षी बनेका ए मेरा तील चामले दारीका रौंहरू!