लकडाउनमा रगत व्यवस्थापन सहज गर्दै दारी ग्याङ धनगढी
सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको दारी ग्याङ धनगढी यतिबेला रगत व्यबस्थापनमा सहजता प्रदान गरिरहेको छ। विश्वभर महामारिका रूपमा फैलिरहेको कोरोना भाईरस (कोभिड १९) नियन्त्रण गर्न नेपाल सरकारले लकडाउन गरिरहेको बेला धनगढीमा रगतको अभाव देखिन थालेपछि दारी ग्याङ धनगढीले आकस्मिक रक्तदाताको व्यवस्थापन गरिरहेको हो ।
दारी ग्याङ चितवनद्वारा दुई अस्पताललाई ‘कोरोना टेस्टिङ बुथ’ हस्तान्तरण
दारी ग्याङ चितवनद्वारा दुई अस्पताललाई ‘कोरोना टेस्टिङ बुथ’ हस्तान्तरण -चैत २०७६, चितवन । कोरोना संक्रमितहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि चितवनमा २ वटा कोरोना टेष्टिङ बुथ निर्माण गरिएको छ। दारी ग्याङ चितवनद्वारा यो कोराना टेष्टिङ बुथ (Corona Testing Booth) अर्थात सुरक्षा कवच दक्षिण कोरियाले अपनाएको प्रविधिमा आधारित भएर निर्माण गरिएको हो । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा संक्रमितको उपचारमा खटिने
“नो सेभ नोभेम्बर ( No Shave November ) अभियानमा दारी ग्याङ”
नो सेभ नोभेम्बर अभियानको मुख्य लक्ष्य भनेको हाम्रो दारी कपालसँग जोडेर क्यान्सर बारे सचेतना बढाउनु हो । धेरै क्यान्सर बिरामीहरूले क्यान्सरको मुख्य उपचार विधी केमोथेरापी बाट गुमाउने कपालसँग जोडिएको यस अभियान अन्तर्गत नोभेम्बर महिना भर पुरुषहरुले दारी, जुंगा तथा कपाल नकाटिकन क्यान्सरको रोकथामको बारेमा सचेतना शिक्षा दिने र क्यान्सर रोग संग लडिरहेकाहरुलाई आर्थिक सहयोग गर्छ्न।
दारी ग्याङको सहकार्यमा “कोरोना टेस्टिङ बुथ” निर्माण हुँदै
दारी ग्याङको सहकार्यमा "कोरोना टेस्टिङ बुथ" निर्माण हुँदै २३ चैत्र २०७६,चितवन । बिश्वब्यापी महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस (COVID-19) रोगका कारण नेपालमा पनि बिरामीको चेकजाँचमा समस्या भएको हुदा स्वास्थ क्षेत्रमा कार्यरत चिकित्सकलाई समेत