बैशाख २०७७, धनगढी ।
स्कुले साथी सुमन । बोनम्यारोको समस्याले गर्दा; उसलाई संधैजसो सन्चो हुदैनथ्यो । पटकपटक रगत चढाई राख्नु पर्थ्यो। त्यही क्रममा २०७३ जेठ २६ गते बुधबार साझपख उसले मलाइ फोन गरेर भन्यो ‘मलाइ रगत चढाउनु पर्नेछ, रक्तसञ्चार केन्द्र आएको छु, ‘इक्सचेन्ज’ गर्ने एक जना चाहिएको छ आउनु ।’ लगत्तै म अटो चढेर धनगढीको स्वास्थ्य तथा जनसंख्या कार्यालयसंगै जोडिएको रक्तसञ्चार केन्द्र पुगे । रक्तसञ्चार केन्द्र मेनरोडमै पर्ने भएकाले आवतजावत गर्दा सधैजसो देखेको भएपनि भित्र छिर्ने अवसर जुरेको थिएन। त्यहाँ रगत पाइन्छ, यति थाहा थियो मलाई । सुमनको कारणले त्यसदिन सिधै भित्र जाने मौका मिल्यो । सुमन मलाई पर्खेर बसेको रहेछ । उसले मलाई रक्तदान गर्न अनुरोध गर्यो। म झस्किए किनभने यसअघि मैले कहिल्यै पनि रक्तदान गरेको थिइन । तैपनि साथीले नै अनुरोध गरिसकेपछि म तयार भए ।
रक्तदान व्यवस्थापनमा खटेका रक्तसञ्चार केन्द्रका एक कर्मचारीले मेरो रक्त समुह सोध्नुभयो । मैले “बि पोजिटिभ” भने। स्कुल पढ्दा एक संस्थाले ‘ब्लड ग्रुप’ जाँच गरिदिएकाले मलाई थाहा थियो । खाजा खाए/नखाएको, कुनै औषधि सेवन गरे/नगरेको बारे जानकारी लिनुभयो। साथै मेरो रक्तचाप र तौल पनि जाँच गरियो । सबै चेकजाँचपछि म रक्तदान गर्न योग्य ठहरीए । फर्ममा मेरो व्यक्तिगत विवरण टिपियो । केन्द्रका कर्मचारीले नजिकै बेडमा पल्टिन लगाउनुभयो। पल्टिए । मन भने डरैडरले भरिएको थियो । हेर्दाहेर्दै, मेरो देब्रे पाखुरामा सुई घोपेको महसुस भयो। घोपे ठाउँमा कमिलाले चिलेजसरी दुख्यो । उनले सुई र रगत राख्ने थैलो जोडिसकेका थिए । डरले मैले दुवै आँखा चिम्म गरे । पहिलो पटक रक्तदान गर्ने कतिपय मानिस रगतको थैलो देखेर मानसिक समस्यामा पर्छन् भन्ने सुनेको थिए । मलाई पनि आफ्नो शरिरबाट तानेको रगत नलीबाट बग्दै थैलोमा जम्मा भैरहेको हेर्ने आँट नै आएन ।
२०७३ सालको दशै सुरु हुँदै थियो । त्यसबेला म काठमाडौमा थिए । सामाजिक कार्य गर्दै आएको दारी ग्याङमा आबद्ध हुने मौका पाए । दशैको लागि घर फर्किने क्रममा दारी ग्याङकासंस्थापक एड्मिन जग्दिश भण्डारी दाइबाट एउटा टिसर्ट पाएको थिए । धनगढी आउदा लगाएर आए। जसले मलाई धनगढीमा दारी ग्याङको ‘अफिसियल’ सदस्यका रुपमा चिनारी दिन्थ्यो । दारी ग्याङमा प्रवेशपछि पहिलोपटक फेसबुकबाट रक्तदाता खोजेको पोस्ट देखे । मैले वि.स २०६७/६८ बाटै फेसबुक चलाउन थालेको भएपनि धनगढीमा सामाजिक सञ्जालबाट रक्तदाता माग्ने चलन थिएन । तर फेसबुकमा पोष्टमार्फत रक्तदाता खोज्ने तरिकाले मेरो ध्यान खिच्यो । धनगढीमा पनि यो चलन बसाउन मन लाग्यो । ०७३ कार्तिकमा मैले केही युवा साथीहरुसित मिलेर धनगढीमा दारी ग्याङ गठन गरे ।
०७३ कार्तिक १२ गते शुक्रबारका दिन सेती अञ्चल अस्पतालमा भर्ना भएका एक बालकलाई AB positive रगत चाहिएको थाहा पायौ । हामीले फेसबुकमा स्ट्याटस् पोष्ट गरेर दारी ग्याङमार्फत खोजिदियौ । जुन हामीले सामाजिक सञ्जालमार्फत रक्तदाता खोजेको पहिलो केश थियो । त्यसयता हामीले फेसबुक पोष्टमार्फत रक्तदाता खोज्न र धेरै विरामीहरुलाई रगत व्यवस्थापन गर्न सकेका छौ। त्यसपछी म आफैले पनि ३/३ महिनाको अन्तरालमा रक्तदान गर्न थाले । रगत चाहिएका बिरामीहरुको अवस्था, उनीहरुका आफन्तको भोगाई नजिक बाट अनुभव गर्न पाए । अनि बल्ल बुझ्न थाले ‘रक्तदान जीवन दान’ त्यसै भनिएको होईन रहेछ । धनगढीमै रगत व्यवस्थापन गर्दा यहाँको समाजमा रक्तदानबारेको चेतना प्रत्यक्ष बुझ्न पाए । पछिल्लो समय धनगढीमा रक्तदान गर्ने ज्ञान, स्रोत साधनको कमीजस्ता थुप्रै समस्याका बाबजुत रक्तदाताको संख्यामा वृद्धि भईरहेको छ । यद्यपी रगत दिन र लिन अझै पनि हच्किने सोचाइ फेरिएको छैन । रगत न कुनै कम्पनीमा उत्पादन हुन्छ, न यसको प्राकृतिक मुहान नै छ । जब सम्म हामी युवा र हाम्रो समुदायले रक्तदान गर्न सक्दैनौं तबसम्म सुरक्षित हुन सक्दैनौं । युवाहरुले आफ्नो समुदाय र घरपरिवारमा रक्तदानको अमुल्य महत्वलाई बुझाएर रक्तदाता मैत्री समाज निर्माण गर्नु आजको आवश्यकता बनेको छ । अहिले कोरोना महामारीको विषम परिस्थतीले सिर्जना भएको लकडाउनमा सामाजिक सञ्जालमार्फत रक्तदाता र व्यवस्थापकहरु अझ सक्रिय हुनु जरूरी छ ।
दिनेश बोहोरा संयोजक, दारी ग्याङ धनगढी
दारी ग्याङको पहलमा कालजारका बिरामीलाई सहयोग
दार्चुला, मालिकार्जुन गाउँपालिकाका गम्बु बादी १४ दिनको उपचार पछि आज डिस्चार्ज भइ घर फर्किएका छन्। लकडाउनको बेला अचानक बिरामी भएका उनलाई दार्चुलाबाट कालाजार भएकोले थप उपचारका लागि जिल्ला अस्पताल दार्चुलाले सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरेको थियो ।
कोरोना प्रभाव र लकडाउनमा दारी ग्याङ गतिविधि
कोरोना भाइरसको विश्वभर महामारी फैलिरहेको छ जसको कारण आधाआधी विश्व लकडाउनमा छ। आजको तथ्यांकअनुसार विश्वभर करिब ३२ लाख कोरोना भाइरसबाट संक्रमित भएका छन जसमध्ये २ लाख मानिसको मृत्यु भैसकेको छ।
“रक्तदान मैत्री समाज आजको आवश्यकता”
स्कुले साथी सुमन । बोनम्यारोको समस्याले गर्दा; उसलाई संधैजसो सन्चो हुदैनथ्यो । पटकपटक रगत चढाई राख्नु पर्थ्यो। त्यही क्रममा २०७३ जेठ २६ गते बुधबार साझपख उसले मलाइ फोन गरेर भन्यो ‘मलाइ रगत चढाउनु पर्नेछ, रक्तसञ्चार केन्द्र आएको छु, ‘इक्सचेन्ज’ गर्ने एक जना चाहिएको छ आउनु ।’ लगत्तै म अटो चढेर धनगढीको स्वास्थ्य तथा जनसंख्या कार्यालयसंगै जोडिएको