विवाह र दारी मनाेभावना

विवाह र दारी मनाेभावना

– ई. गनेश पाण्डे, भक्तपुर, २५ बैशाख २०७७।

Bihe ma Daari Nakatne Manche

दारी पाल्ने रहर यस्ताे भयाे कि दारी नआएको गालामा ब्लेड पनि लगाईयाे । उमेरसङै बिस्तारै गाला भरी झपक्कै दारी पलाए । किन किन जस्ले जे भनेपनि दारी काट्न मनै गर्दैनथ्याे । कति भनाई सहे कति… घरमा त बेला बेलामा भन्थे नै, आफन्तले भेट्नै नहुने.. किन पाल्या याे दारी? कति लामाे दारी याे हाे ? किन पाल्या बाबु ?

ओहॊ.. (हांँस्दै) हेर यस्काे दारी ..

यस्ले त जाेगी जस्ताे दारी पालेछ.. हाहा

यस्तै अनि अनेकाैं..

यी कुराहरुले मलाई खासै असर पार्दैन थ्याे तर कुरा चल्याे मेराे विवाहकाे । खासै लब-सबमा परिएन । जवानिमा त थिए एक दुई जना तर ति आफ्ना बन्न सकेनन् । मावली तिरकाले एकजना खाेज्देका रछन् । आफ्नो उमेर ढल्कदै थियाे, विवाह नगरी त सुख थिएन ।

फेसबुकमा जाेडियाैं..

फेसबुकमा उनकाे पहिलाे म्यासेज..

– तपाईले यति लामाे दारी किन पाल्नु भाकाे ??

( लाै फसाद!!! अब के भन्ने ? साेचमा परें । के भन्ने भन्ने..)

– यसै ।

– यसै पनि कसैले यती लामाे दारी पाल्छ त ? कतै प्रेममा विछाेड भएर हाे कि ??

( लाै बर्बाद; तनाव भाे । )

– हाेइन होइन.. मलाई मन पर्छ दारी पाल्न। धेरै समय भाे नकाटेकाे ।

– अब काट्ने हाेला नि त ??

(म निशब्द ।।। )

काट्ने कि नकाट्ने । यसाे साेच्दा.. सबै आफन्त आउछन .. मेराे विवाह भन्दा बढि मेराे दारीकाे चर्चा हुन्छ जस्ताे छ । फेरी उनकाे पनि त आफन्त आउछन .. सबैले के साेच्लान ? उनका साथिहरुले कति खिल्ली गर्लान ? उनका साथीहरुले विवाह पछि केके म्यासेज गर्लान… ?? विवाहकाे फाेटाे पाेस्ट गर्याे भने त मेराे मिम बनाउछन् हाेला..। सुहागरातमा के हाेला ? भाेली छाेरा छाेरीले हाम्राे विवाहकाे फाेटाे हेरे भने के भन्लान् ? यता उनले नै दारी काट्न संकेत गरिसकिन् । के गराैैं गराैं.. विवाहकाे निधाे भन्दा पनि मलाई मेराे दारीले पाे टेन्सन दियाे त….यी टेन्सन भन्दा पनि..म पहिलाे पटक उनिसंग कसरी भेट्ने? काटेर भेटाैं कि.. यै लामाे दारी मै भेटाैं ? कहां भेट्ने हाे..बाआमालाई पनि भेटाउनै पर्याे.. त्याे बेलामा के गर्ने ? यस्ता अनेकाैं प्रश्नहरुले मेराे दिमाग भरिएका थिए । मलाई त यि सबै कुराले केही फरक पार्दैन तर अब म मात्रै हुन्न.. म संग उनि पनि हरेक पल हुनेछिन् ।

पहिलाे पटक भेट्दा अलि डर लागेकाे थियाे । उनि पनि अलि डराए जसरी व्यवहार गर्दै थिईन। विस्तारै खुलेरै कुरा गर्याैं । आफ्ना कुराहरु एक अर्कालाई सेयर गर्याैं । विवाहकाे तयारी पनि हुदैं थियाे । हामी एक दुई पटक घुम्न पनि गयाैं । मेराे दारी र दारी प्रेमसंग उनि पनि घुलमिल भएकाे जस्ताे लाग्याे ।

तै पनि विवाह हुनु भन्दा अघि साेध्छु भनेर साेधें..

– सुनन म के गराैं ? दारी काटाैं कि नकाटाैं.. ??

– अं काट्नु न खुब….(रिसाए जस्तै) हेराैँ त कसरी काट्नु हुँदाे रैछ ।

( आमै ।।। म त परै खुसी नि…!!! )

विहे पछिको पहिलो दशैँमा ससुराली जाँदै गर्दा ति पलहरु समेट्ने जमर्काे गरें।अब विवाहमा नकाटेकाे दारी दशैँमा के काटिन्थ्याे ? दशैं त बर्षै पिछे अउँछ.. विवाह त जिवनमा एक पटक गरिन्छ।

- ई. गनेश पाण्डे
- ई. गनेश पाण्डे भक्तपुर

More Articles