बसन्तको दारी साहित्य
बसन्तको दारी साहित्य
– बसन्त अधिकारी बिराटनगर, ३० बैशाख २०७७।
मेरो नाम बसन्त अधिकारी । उमेर ४२ बर्ष । स्थायी बसोबास, बिराटनगर ।
आनन्द हरेक मानिसको सबैभन्दा ठूलो खोजी हो । यो आनन्दका लागि कोही संगीतमा जीवन खोज्छन्, कोही गायनमा, कोही कलामा र कोही साहित्यमा । म भने दाह्रीमा आफ्नो आनन्द खोज्ने गर्दछु । म १६ वर्षको हुँदादेखि मेरा दाह्री जुँगा पलाउन थालेका हुन् तर २० वर्षको उमेरदेखि मैले यस भित्रको कला देख्न थालेको हुँ ।
यद्यपि यसलाई सजाउने र तस्बिर खिच्ने आइडिया चाहीँ सामाजिक अभियानका क्रममा कोरियामा अध्ययन गर्न पुगेको बेला आएको हो । १० वर्षअघिदेखि सुरु भएको यो कलाका सबैजसो तस्बिर अहिले मसँग सुरक्षित छन् । मैले मेरो दाह्री जुँगालाई एक दशकका अवधिमा १ सय ५० रुप दिएको छु । मेरा दाह्री जुँगाका हरेक शैलि मेरा लागि साहित्यकारका नयाँ पुस्तक वा गायकका नयाँ गीत जस्ता लाग्छन् ।
यो अरु कला जस्तै गाह्रो कला हो । यसका लागि म पुस्तकमा वर्णन भएका पात्रहरु, सिनेमामा देखिएका कलाकारहरुका अनुहारमा आफ्ना कल्पनाहरु प्रयोग गर्छु । इन्टरनेटका विभिन्न साइटहरुमा पाइने मानिसका दाह्री जुँगा पनि मेरो कलाका स्रोत हुन् । आजभोली कसै कसैले मलाई यी कलाको आइडिया दिनुहुन्छ । तर पुस्तकभित्रका पात्र, सिनेमाका कलाकार र इन्टरनेटमा भेटिएका तस्विरलाई मेरो दाह्री जुँगा अनुसार डिजाइन म आफैँ गर्ने भएकाले मलाई अपार आनन्द लाग्छ ।
म साहित्यको पाठक हुँ तर साहित्य रच्न सक्दिन । तर यो दाह्री कलामा कतै न कतै साहित्यको योगदान छ भन्न मलाई गाह्रो लाग्दैन ।
साभार : साहित्यपोष्ट डट कम
Share This Article, Choose Your Platform!
Share This Article, Choose Your Platform!
More Articles
बसन्तको दारी साहित्य
मेरो नाम बसन्त अधिकारी । उमेर ४२ बर्ष । स्थायी बसोबास, बिराटनगर ।आनन्द हरेक मानिसको सबैभन्दा ठूलो खोजी हो । यो आनन्दका लागि कोही संगीतमा जीवन खोज्छन्, कोही गायनमा, कोही कलामा र कोही साहित्यमा ।म भने दाह्रीमा आफ्नो आनन्द खोज्ने गर्दछु । म १६ वर्षको हुँदादेखि मेरा दाह्री जुँगा पलाउन थालेका हुन् तर २० वर्षको उमेरदेखि मैले यस भित्रको कला देख्न थालेको हुँ ।
विवाह र दारी मनाेभावना
दारी पाल्ने रहर यस्ताे भयाे कि दारी नआएको गालामा ब्लेड पनि लगाईयाे । उमेरसङै बिस्तारै गाला भरी झपक्कै दारी पलाए । किन किन जस्ले जे भनेपनि दारी काट्न मनै गर्दैनथ्याे । कति भनाई सहे कति... घरमा त बेला बेलामा भन्थे नै, आफन्तले भेट्नै नहुने.. किन पाल्या याे दारी? कति लामाे दारी याे हाे ? किन पाल्या बाबु ?
लकडाउन डायरी: तलाउ जस्तो जिन्दगी कहिले बग्ला!
विश्वका २ सयभन्दा बढी देश आज कोरोना भाईरसको त्राससँगै लकडाउनमा छन् । करोडौं संख्यामा मान्छे आफ्नो घरभित्रै बस्नु परेको छ अनि यो बाध्यता पनि हो। लकडाउन बाहेक अरु कुनै विकल्प नै छैन यो रोगसँग लड्नका लागि । बस छ त केबल घरभित्रै सुरक्षित बस्ने उपाय। आँखाले देख्न नसकिने यो जीवाणुसँग संसार थर्कमान भएको छ । मुसासरी मानव प्राणी दुला दुलामा लुक्न विवश छ।
“आमा प्रति समर्पित” – To All The Mothers
आमाको व्याख्या गर्न लाखौं शब्द कोरे पनि आमा शब्द आफैंमा सम्पन्न छ अर्थात परिपूर्ण छ।आमाको गरिमा जिवन्त छ। आमाको सम्मानका लागि जति शब्द कोरिए पनि आमा शब्दका अगाडी ति सवै शब्द फिक्का हुन्छन्। भन्ने जान्दा जान्दै पनि केही शब्द कोर्ने दुस्साहस गर्दै छु।हरेक बर्ष वैशाख कृष्णपक्षको औँसी तिथिलाइ हिन्दू संस्कृतिमा आमाको मुख हेर्ने दिनका रूपमा मनाउने गरिन्छ।
आमा भन्नुहुन्छ : “कहिल्यै हार नखानु” | Mother says: “Never give up.”
२०२६ साल भाद्र २६ गते जन्मिएर आज ३ सन्तानकी आमा हुन सफल मेरी प्यारी आमालाई सर्बप्रथम त हार्दिक बधाई । संस्कृतमा माता शब्द अत्यन्त निकै सम्मानका साथ प्रयोग गरिन्छ । कतै लडियो वा ठक्कर लाग्यो भने हाम्रो मुखबाट सर्बप्रथम ऐया आमा भन्ने वाक्यांश निस्किहाल्छ । कुनै अप्ठ्यारो परिस्थिति आईलाग्यो भने पनि हाम्रो मुखबाट आमा शब्द नै निस्किहाल्छ ।
कविता : “मेरा दारी”
हिउँद बर्षा नभनी रात बिहान नगनी पन्ध्र वर्षकै उमेरदेखि अनुहारमै टाँसिएका सुख अनि दु:खमा संगी बनी गाँसिएका मेरा जीउका पौष्टिक पदार्थ खाएर अलि अलि भएको बोसो आफैंतिर लाएर सुन्दरता वा कुरुपता जे जस्तो गराएका भए पनि तीन सय साठी घण्टा मेरो सुख दु:खका साथी र साक्षी बनेका ए मेरा तील चामले दारीका रौंहरू!